पाख्रिबासकी साबित्रा बनिन् पहिलो ‘मिस धनकुटा-२०१९’

धनकुटा,असोज ३० । महिलाकाे प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ ‘मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट’ प्रालि काठमाडौंको आयोजनामा धनकुटामा सम्पन्न मिस धनकुटा–२०१९ मा धनकुटाका २७ जना युवती प्रतिस्पर्धीहरुलाई पछि पार्दै पाख्रिबास ३ की साबित्रा घिमिरे(रोजा नानु) प्रथम मिस धनकुटा २०१९ को ताज लाउन सफल भएकी छिन् ।

घिमिरे हाल जालपादेवी क्याम्पस पाख्रिबासमा स्नातक चाैथाे बर्षमा अध्यनरत रहनुका साथै यसै क्याम्पसको स्ववियु सभापति समेत रहेकी छन् । प्रतियोगितामा घिमिरेको प्रतियाेगी अंक २४ रहेको थियो ।

उक्त ताज संगै साबित्राले स्कुटरसहित १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाईल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने भएका छन् ।

त्यस्तै फस्ट रनरअप सोनी कार्कीले नगद ४० हजारसहित पाँच लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने भएका छन् भने सेकेण्ड रनरअप निरुता सुब्बाले नगद २० हजारसहित एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने भएका छन् ।

हिजो साँझ धनकुटा–७ स्थित त्रिवेणी स्कूलको प्राङ्गणमा संचालित कार्यक्रमलाई प्रस्तोता रिमा विश्वकर्माले संचालन गरेका थियो भने निर्णायकमा महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी, मिस नेपाल उषा खड्गी, नायिका रिचा शर्मा लगायतका रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।