फेरि एकचोटी आ’न्दोलन गर्ने इच्छा छ: प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको उद्देश्य प्राप्तिका लागि फेरि एकपटक आ’न्दोलन गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला चितवनमा बिहीबार आयोजित चियापान कार्यक्रम लाई सम्बोधन गर्दै उनले नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको बताए ।
उनले भने, ‘यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौँ पनि । प्रतिक्रा न्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौँ ।’ नेकपा पार्टी र नेताहरूमा अलिअलि धुलो मैलो लागेको बताउँदै उनले भने, ‘उपचार नै नलाग्ने गरी क्यान्सर भएको होइन । ग्यास्टिक, अल्सर त्यतिसम्म होला, क्यान्सर भएको छैन, त्यसको उपचार छ, वलैमा उपचार गरौँ ।
पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको औँल्याउँदै उनले कम्युनिस्टहरूमा सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको बताए। उनले भने, ‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लियौं भने सकिन्छ। हामीमा अहिले अलिअलि धुलोमैलो लागेको मात्र हो,’ उनले भने, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन। उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन ।


