चक्रपथ वि’स्तारको अ’न्तिम तयारीमा, तीन अन्डरपास बन्ने
काठमाडौँ, कात्तिक १ गते । वि’स्तारको अ’न्तिम तयारीमा पुगेको चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डमा तीनवटा ‘अ’न्डरपास’ निर्माण हुने भएको छ । करिब आठ किलोमिटर चक्रपथको सो खण्डको प्रत्येक किलोमिटरको दूरीमा आकाशे पुल पनि निर्माण गरिने छ । त्यसका लागि संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।
सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार ‘अन्डरपास’ निर्माण गर्न चीन सरकारसँग औपचारिक प्रस्ताव स्वीकृत भइसकेको छ । उहाँले कलङ्की चोकमा जस्तो गाडी गुड्ने तीनवटा अन्डरपास बनाइने बताउनुभयो । चक्रपथको महाराजगन्ज चोक, गोँगबु चोक र बालाजु चोकमा ‘अन्डरपास’ निर्माणका लागि प्रस्ताव गरिएको जानकारी प्रमुख थापाले दिनुभयो ।
उहाँले भन्नुभयो, “भविष्यमा चक्रपथमा हुन सक्ने सवारीसाधनको चापलाई दृष्टिगत गरी विस्तार गर्न लागिएको हो । ” यसअघि चीनसँग भएको सम्झौतामा चक्रपथ विस्तार गर्ने मात्र उल्लेख गरिएको छ ।
अन्डरपास निर्माणको मोडालिटी र अन्य अध्ययन गर्न यसै महिना चिनियाँ डिजाइन टोली आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस खण्डमा विद्युत्को खम्बा सार्न माग गरेको १० करोड ७२ लाख रुपियाँ सडक विभागले असारमै भुक्तानी गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


