आलम अ’पराध : घा’इतेलाई सु’ई लगाई बे’हाेस बनाएर इँटाभट्टामा जि’उँदै ज’लाइएको थियो

काठमाडौं, कार्तिक १ । संविधासभा निर्वाचनको माहोल ता’त्तिएको थियो। जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभमागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए। बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए।

भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफताव आलमका भाइ महताव आलमले साथमा लिइहाले। अफतावको चुनावी प्रचारका लागि १८ चेतमा उनी घरबाट निस्किए। आलमको चुनाव सफल भयो, उनी सांसद, मन्त्री पनि भए। तर होनाहार युवा पिन्टु कहिल्यै घर नफ’र्किने गरी अ’स्ताए।

२७ चैत, साँझ : रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका २) छाप्रोमा ब’म बन्दै थियो। खासमा वि’स्फोट गराउने, जनता त’र्साउने र बु’थ क’ब्जा गर्ने उद्देश्यले आलमको यो’जनामा धमाधम ब’म बनिरहेका थिए। तर ब’म बनिरहेकै ठाउँमा वि’स्फोट भयो। ब’म बनाउन भारतबाट ल्याइएका कैयौं घा’इते भए, कैयौंको मृ’त्यु भयो।

छोरो वि’स्फोटमा परेको ख’बर सुनेपछि पिन्टुका बुवा श्रीनारायण सिंह भोलिपल्ट घ’टनास्थल पुगे। प्रत्यक्षदर्शीले विवरण सुनेपछि वृ’द्ध बाबु छाँगाबाट ख’सेझैं भए। ब’म बनिरहेको ठाउँमा त’मासा हेरिरहेका पिन्टु खासमा ग’म्भीर घा’इते भएका थिएनन्।

‘ब’म वि’स्फोटपछि उ’छिट्टिएको छ’र्रा पिन्टुको ति’घ्रामा लागेको थियो। आ’त्तिएर भा’ग्दाभाग्दै उसलाई आलमका मान्छेले ल’खेटी ल’खेटी स’माते। उ’पचार गर्न भन्दै उसलाई सु’ई लगाएर बे’होस बनाए। बो’रामा को’चे। इँटाभट्टामा लगेर जि’उँदै ख’रानी बनाए,’ ७९ वर्षीय बाबुले भने। यस घ’टनाबारे आजको नयाँ पत्रिकामा टेकराज थामी र र विनोद विष्टले गरेको बृहत् स्थलगत रि’पोर्ट छापिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।