ध्वाँ’से चि’तुवा सं’रक्षणमा नेपाल उत्कृष्ट पाँचमा
काठमाडौँ, १ कात्तिक : नेपालको ध्वाँ’से चि’तुवा सं’रक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको सं’रक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।
उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृ’तिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।
“कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्यापिङमा ध्वाँ’से चि’तुवा देखिएपछि संर’क्षणको पहल सुरु गरेका थियौँ”, उहाँले थप्नुभयो, “दिनभर नदेखिने ध्वाँ’से चि’तुवा रा’तमा मात्र विचरण गर्ने हुँदा स्थानीयवासी पनि यसबारे अ’ञ्जान छन् । ”
त्यसैले यस क्षेत्रमा ध्वाँ’से चि’तुवा जो’गाउँदै पर्यटन र सं’रक्षणमार्फत स्थानीयवासीको जन’जीविका सहज बनाउने गरी परियोजना तयार गरेको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


