नयाँ सभामुखका लागि गृहकार्य सुरु, नेकपालाई स’कस
काठमाडौँ, १ कात्तिक : कृष्णबहादुर महराले सभामुखबाट रा’जीनामा दिनुभएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौ’पचारिक गृहकार्य सुरु भएको छ ।
सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामुख बनाउने गरी पार्टीमा छलफल सुरु भएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलाले यौ’न दु’व्र्यवहारको आ’रोप लगाएपछि तत्कालीन सभामुख महराले रा’जीनामा दिएसँगै सभामुख पद रि’क्त भएको हो ।
नेपालको संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने प्रावधान छ । सुरुमा सभामुख र उपसभामुख नियुक्त हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै दल थियो तर अहिले दुई दल मिलेर नेकपा भएपछि सभामुख र उपसभामुख कसरी बाँ’डफाँट गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
उपसभामुख पनि नेकपाकै रहनुभएकाले के गर्ने विषयमा पार्टीभित्र प’रामर्श भइरहेको छ । उपसभामुखलाई रा’जीनामा दिन लगाएर सो पद अर्को दललाई दिने र सभामुख नेकपाले लिने भन्ने विषयमा पनि नेकपाभित्र छलफल भइरहेको कतिपय नेताको भनाइ छ ।
उपसभामुख पनि नेकपाकै रहनुभएकाले के गर्ने विषयमा पार्टीभित्र प’रामर्श भइरहेको छ । उपसभामुखलाई रा’जीनामा दिन लगाएर सो पद अर्को दललाई दिने र सभामुख नेकपाले लिने भन्ने विषयमा पनि नेकपाभित्र छलफल भइरहेको कतिपय नेताको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।


