एनआरएनए मतगणना : पन्तलाई सुरुवाती अ’ग्रता

काठमाडौं- काठमाडौंको बौद्धस्थित होटल हयातमा चलिरहेको एनआररएनए सम्मेलनका क्रममा बिहीबार बेलुका मतदान सकिएको छ। नयाँ ने’तृत्वका लागि भएको मतदानमा विभिन्न ८१ देशबाट आएका २ हजार ५ सय ७० प्रतिनिधिमा २ हजार ३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

दुई दिनको र’स्साकस्सीका बीच बिहीबार बेलुका मात्रै मतदान सकिएको हो। मतदान सकिएलगत्तै बिहीबार बेलुका ९ बजेबाट मतगणना प्रक्रिया सुरु गर्ने बताइए पनि अध्यक्षका प्रत्यासी कुल आचार्यलाई मतगणना स्थलमा प्र’वेश न’दिइएको भन्दै केहीबेर वि’वाद समेत भएको थियो। सोको केहीबेरपछि सुरु मतगणना अहिले पनि चलिरहेको छ।

शुक्रबार बिहान ६ बजेसम्मको मतगणना अपडेटअनुसार ८ सय मत गनिसकिएको छ। जसमध्ये अध्यक्षका प्र’त्यासीद्वय कुमार पन्त र कुल आचार्यका बीचमा क’म मात्रै म’तान्तर देखिएको छ। गणनाअनुसार पन्त आचार्यभन्दा ५५ मतले अगाडि रहेका छन्।

हालसम्म अमेरिका र क्यानाडाको मत गनिसकिएको छ। अब युरोपको गन्ने क्रम चलिरहेको छ।

निर्वाचन समितिले शुक्रबार बिहान १० बजेसम्म न’तिजा बाहिर आउनसक्ने बताएको छ।-नेपाल लाइभबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।