धनकुटाको हिलेमा मंगोलियन हा’र्टका राजु लामा यसकारण आऊदैछन

धनकुटा खबर । धनकुटा १ हिलेमा आज वृहत साँस्कृतीक, साँङ्गीतिक कार्यक्रम हुँदैछ ।

हिले व्याडमिण्टन क्लव र र्सिजशिल साँस्कृतीक समूहको सँयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको लक्ष यहाँ पर्यटन प्रवद्र्धन र व्याडमिण्टन कर्भड हलमा काठको पार्केटिङ्ग वनाउनका लागि आर्थिक सहयोग संकलन गर्नु रहेको हिले व्याडमिण्टन क्लवका अध्यक्ष राम गोङ्वाले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि तयारी करिव पूरा भएको उहाँले वताउनुभयो । कार्यक्रममा मंगोलियन हार्ट राजु लामाको व्यान्डको विशेष साँङ्गीतिक प्रस्तुती रहने जनाईएको छ । साथै स्थानिय कलाकारहरुको समेत साँङ्गीतिक प्रस्तुती समेत रहने छ । यसले साँङ्गीतिक क्षेत्रमा रुची राख्ने नयाँ प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने अपेक्षा रहेको व्याडमिण्टन क्लवले जनाएको छ ।

कार्यक्रमकै अवसरमा खेलाईने हाउजी खेलवाट संकलित रकमवाट व्याडमिण्टन कर्भड हलमा काठको पार्केटिङ्ग वनाउने उद्देश्य रहेको अध्यक्ष गोङ्वाको भनाई छ । हाउजी खेलको बिजेता लाई हाउस फुल स्वरुप चौबिस क्यारेक्टको तिन तोला सुन प्रदान पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रम साँझ ५ वजे वाट शूरु हुनेछ । भने दिउँसो २ वजे देखी कार्यक्रम स्थलमा हाउजीका लागि टिकट दिईने आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।