दुबै मृगौला फेल भएपछि धनकुटाका प्रेम बहादुरले भने,- एउटा मात्रै मृगौला फेर्न पाए पनि हुन्थ्यो

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मारेककटहरेका २५ वर्षका प्रेम वहादुर थापा मगरलाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भएको छ ।

विगत ६ महिना देखी विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराईरहनु भएको उहाँलाई आर्थिक अभाव भएपछि सहयोगको अपील गर्नुभएको छ । उच्च रक्त चापको कारण दुवै मृगौला फेल भएपछि चिकित्सकले मृगौला फेर्न सल्लाह दिएको पीडित मगरको भनाई छ ।

एउटा मात्रै मृगौला फेर्न पाएपनि केही राहत हुने भएकोले चिकित्सकले मृगौला फेर्न सल्लाह दिएको उहाँले वताउनुभयो । मृगौला नै फेर्नु पर्ने भएपछि धेरै खर्च लाग्ने तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपील गर्नुपरेको उहाँले वताउनुभयो । भोलि पनि डायलासिस गर्नुपर्ने उहाँले धनकुटा खबरलाई जानकारी गराउनुभयो ।

सहयोगको लागि उहाँले राष्ट्रिय वाणिज्य बैंकको खाता नं २०१००२५०२४१० उपलव्ध गराउनुभएको छ । साथै उहाँको मोवाईल नं ९८२४३९६७९९ रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।