धनकुटाको हिलेमा गायक राजु लामा, २३ गीत गाएर हजारौ दर्शकलाई छमछमी नचाए

धनकुटा खबर । हिले व्याडमिण्टन क्लव र र्सिजनशिल साँस्कृतीक समूहको आयोजनामा धनकुटा १ हिलेमा वृहत साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको छ । हिले पर्यटन प्रर्दन र व्यामिण्टन कभर्ड हलमा पार्केटिङ निर्माणका लागि सहयोग पुर्याउने लक्षका साथ सञ्चालित कार्यक्रममा मंगोलियन हर्टका चर्चित गायक राजु लामाले दर्शकहरुलाई भरपुर साङ्गीतिक मनोरञ्जन दिनुभएको थियो ।

ए है माया, लाखौ कोशिष गर्दा पनि तिमिलाई भूल्न गाह्रो भो, हे देउता जुराईदेउ एउटा, लागेमा लाग्छ मोहनी, नलागे छैन मनामा डर, यो जुनिमा,हिउ पर्यो फुरुरु लगायत वोलका २३ वडा गीत गाएर दर्शकहरुलाई छमछमी नचाउनुभएको थियो । कार्यक्रममा हजारौ दर्शकहरुले राजुलाई साथ दिएका थिए ।

१५ वटा गीत कार्यक्रममा गाउने जिम्मा पाएका राजुले २३ वटा सम्म गीत गाएको हिले व्याडमिण्टन क्लवका अध्यक्ष राम गोङ्वाले जानकारी दिनुभयो । यसैवीच कार्यक्रम कै अवसरमा खेलाईएको हाउसफुल हिले कै राना टोलका तिलक राना मगरले जित्नुभएको छ । गएराती अवेर सम्म सञ्चालित कार्यक्रममाका हाउसफुल जित्दै उहाँले चौवीस क्यारेटको तीन तोला सुन हात पार्न सफल हुनुभएको कार्यक्रम आयोजक ले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖