धनकुटामा निःशुल्क शिविर, मुटुरोग सम्वन्धी बिरामीलाई स्वाथ्य जाँच गराउन आग्रह

धनकुटा खबर, १९ कार्तिक । धनकुटा अस्पतालमा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. भगवान कोईराला सहित अन्य डा.हरु बाट यति कार्तिक २२ गते देखि सुरु हुने मुटुरोग सम्वन्धी स्वाथ्य शिविरमा मुटुरोग सम्वन्धी बिरामीहरु लाई स्वाथ्य जाँच गराउन नेपाली कांग्रेस धनकुटाले अनुरोध गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल , उपसभापती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य विष्णु पौडेल , लेखनाथ पौडेल, नगर साभापती रोशन श्रेष्ठ, धनकुटा नगरपालिका ६ का वडा अध्यक्ष नरेश श्रेष्ठ, धनकुटा नगरपालिका ५का वडा सदस्य सिता प्रधान लगायतले मुटुरोग एक जटिल प्रकृतिको रोग भएकोले धनकुटा अस्पतालमा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. भगवान कोईराला सहित अन्य डा.हरु बाट यति कार्तिक २२ गते देखि सुरु हुने ३ दिने मुटुरोग सम्वन्धी स्वाथ्य शिविरमा मुटुरोग सम्वन्धी बिरामीहरु लाई स्वाथ्य जाँच गराउन अनुरोध गरीएको र त्यसको प्रचार प्रसारको लागि सबै मा आग्रह गरिएको नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्यले बताए । सबै तिर सुचना नपुग्ने भएकोले सबै लाई सुचित गराउन समेत आग्रह गरिएको उनले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।