पोखरामा १३५४२ मतले जि’त्ने नेकपाको दा’बी

पोखरा । कास्की २ बाट रिङआउट भइसकेका नेकपा डबलका उपाध्यक्ष बामदेव गौतम फेरि चर्चामा आएका छन् । यसअघि उमेदवार बन्ने कि नबन्ने कार्यकर्ताहरुको बहसले बामदेव कास्कीमा नेकपा भित्र चर्चामा आए ।

उनी नै आगामी उमेदवार हुनेसमेतका ठोकुवा समेत भए । तत्कालीन मालेको नेतृत्वकर्ता र स्व. रवीन्द्र अधिकारी पनि बामदेव निकटकै मालेको विद्यार्थी नेताबाट राजनीतिमा उदाएका थिए । उनै रविन्द्रको निधनपछि रिक्त कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चाले बामदेव सतहमा आए ।

गौतम आफैँले पछि उमेदवार नबन्ने स्पष्टिकरण दिए । उनी उमेदवार नबन्ने प्रष्टिकरण दिएपछि नेकपाले रवीन्द्रपत्नी विद्या भट्टराईलाई उमेदवार बनाएको छ ।

त्यसपछि, शान्त भएको बामदेवको चर्चा मंगलबार फेरि दोहोरिएको छ । मंगलबार बामदेवको नाम कार्यकर्ताले नभई स्वयम् नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले लिएका हुन् । चुनावी तयारीको मुख्य एजेण्डासहित नेकपा कास्कीको सोमबार जिल्ला कमिटीको पूर्ण बैठक बसेको थियो । उक्त बैठकमा उम्मेदवार विद्या पनि सँगै थिइन् ।

सोही बैठकको निर्णय सुनाउन नेकपाले मंगलबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सोही बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कृष्ण थापाले कास्की २ मा ‘बामदेव नियती’ नदोहोरिने स्पष्ट पारे ।

नेकपाको दाबी, १३ हजार पाँच सय ४२ मतले जित्छौँ

कास्की नेकपा अध्यक्ष थापाले सोही कार्यक्रममा नेकपाको मतान्तर पनि घोषणा गरिदिए । अघिल्लो निर्वाचन (२०७४) मा यो क्षेत्रबाट रवीन्द्र अधिकारीले कांग्रेसका उमेदवार देवराज चालिसेलाई आठ हजार पाँच सय ४२ मतान्तरले हराएका थिए । उपनिर्वाचनमा त्योभन्दापनि पाँच हजार बढी मतान्तरले विद्याले चुनाव जित्ने दाबी थापाले गरे ।-बाह्रखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।