धनकुटामा आजबाट मुटु रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु

विकास घिमिरे, धनकुटा खबर, २२ कार्तिक । धनकुटामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वको चिकित्सकिय टोलीले आज बाट कार्तिक २४ गते सम्म नि.शुल्क सेवा दिने भएका छन् ।

शिविरमा मुटु रोग, बाल रोग जाँच निशुल्क भइरहेको छ । शिविरमा चेकजाँच गराउँदा कसैको मुटुमा गम्भिर समस्या देखिए उनीहरुको काडमाण्डौमा निशुल्क उपचार गरिने आयोजकले जनाएको छ । आज पहिलो दिन २ हजार ५ सय ८ जनाले सेवा लिएको आयोजक समितीले जनाएको छ ।

जिल्ला समन्वय समिती धनकुटाको संयोजनमा धनकुटाका सबै स्थानिय निकाय सहित सरकारी कार्यालयको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।