धनकुटामा सञ्चालित निःशुल्क शिविरमा ३ हजार ७ सय ४७ जनाले स्वाथ्य परिक्षण गराए

धनकुटा खबर, कार्तिक २४, धनकुटामा कार्तिक २२ गते बाट सुरु भएको निःशुल्क मुटुरोग स्वाथ्य शिविरमा ३ हजार ७ सय ४७ जनाले स्वाथ्य परिक्षण गराएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोईराला नेतृत्वको ७० जना को टोलीले २२ गते देखि सुरु गरको स्वाथ्य शिविर आज सम्पन्न भएको हो ।

शिविरमा १ हजार ७ सय ८७ जना महिला र १हजार ९ सय ६७ जना पुरुषले मुटु सम्बन्धी जाँच गराएको मुटुरोग बिशेषज्ञ डा,रत्नमणी गजुरेलले जानकारी दिनु भयो । त्यस मध्ये १ हजार ५ सय ८१ जनाको इसिजी र ५ सय ६९ जनाको इको गरिएको समेत डा. गजुरेलले बताउनु भयो ।

८२ जनालाई काठमाडौ आउनको लागि समेत सिफारिस गरिएको उहाँको भनाई थियो । गाउँ गाउँ बाट विरामी आउदा र उनिहरु लाई स्वाथ्य सेवा दिन पाउदा खुसी लागेको बताउदै डा. गजुरेल आगामी दिनमा समेत आफूहरुलाई गा्रमीण क्षेत्रमा स्वाथ्य सेवा दिने अवसर प्रदान हुने विश्वास लिएको उहाको भनाई रहेको थियो ।

समापन कार्यक्रमा बोल्दै मुल आयोजक समितीका संयोजक टंक चुवानले धनकुटामा आएर यहाँका विरामी लाई नि शुल्क स्वाथ्य सेवा प्रदान गरेकोमा धन्यवाद दिदै यहाँ बाट काठमाडौ सिफारिस भएका विरामीहरुले पनि राम्रो स्वाथ्य सेवा पाउने बताउनु भयो ।

संघिय ससद राजेन्द्र कुमार राईको प्रमुख आतित्थतामा भएको समापन कार्यक्रमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुदर्शन प्रसाद कोईराला,बरण गणका गणपति भगवान थापामगर ,सशत्र प्रहरी बलका प्रहरी नायव उपरिक्ष सचिन कर्माचार्य लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी सहित अन्य सरोकार वालाहरुको समेत सहभागिता रहेको थियो । जिल्ला समन्यय समितीको संयोजनमा सबै स्थानिय निकायको सहयोगमा शिविर संचालन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।