पूर्वाञ्चल गट ट्यालेन्ट : धनकुटाबाट तेश्रो चरणमा ४० प्रतियोगी छनौट
धनकुटा खबर, कार्तिक २४ । टि’न्स क्रियु डान्स सेन्टर धनकुटाको आयोजनामा हुँदै गरेको पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता अन्तर्गत तेश्रो चरण मार्फत उत्कृष्ठ ४० प्रतियोगी छनौट भएका छन् ।
गत भदौ १४ मा भएको दोश्रो चरणबाट छनौट भएका ६० जना मध्ये आज धनकुटामा सम्पन्न प्रतियोगिताको तेश्रो चरण मार्फत उत्कृष्ठ ४० जना छनौट गरिएको आयोजक सँस्थाका संयोजक सुमन योगीले जानकारी दिनुभयो ।

नृत्य तर्फको तेश्रो चरणको छनौट भोलि धनकुटा मै हुनेछ । प्रतियोगिताको चौथो चरण व्याटल राउण्ड मंशीर १४ गते हुने आयोजकले जनाएको छ ।


