धनकुटामा १३ जना एचआईभी एड्स सं’क्रमित
धनकुटा खबर । धनकुटामा समेत पछिल्लो समय एचआईभी एड्स सं क्रमितहरु खुल्न थालेको आज धनकुटामा भएको एक कार्यक्रमा जानकारी दिएको छ ।
एचआईभी एड्स सं क्रमितहरु सेवा, सुविधा, पहिचान,स्वाथ्योपचार लगायतको क्षेत्रमा वकालत र सहयोग गर्दै आएको धरान पोजेटिभ ग्रुपले धनकुटामा आज गरेको कार्यक्रमा पछिल्लो समय समाजमा आएको सकारात्म सोचका कारण एचआईभी एड्स संक्रमितहरु खुल्न थालेको र धनकुटामा समेत १३ जना नियमित औषधी सेवन गर्ने को संख्या पुगेको समुदायमा आधारित रणनितिक कार्यक्रम धनकुटाका प्रमुख विपिन दाहालले जानकारी दिनु भयो ।

धनकुटामा नियमित औषधी सेवन गर्नेको संख्या त्यो भन्दा बढी भए पनि त्यता व्याक्तिहरुले धरान लगायत अन्य स्थान बाट औषधी ल्याई खाने गरेको दाहालले बताए । धनकुटामा रहेका १३ जना मध्ये प्रत्येक महिना ५ जना लाई २ हजार २ सय का दरले उपचार, खाना र सरसफाईको लागि समेत रकम उपलब्ध गराउदै आएको दाहालको भनाई छ ।
कार्यक्रमा बोल्दै धरान पोजेटिभ ग्रुप सदस्य मोहन लिम्बुले धरान लगायत पूर्वमा पछिल्लो समय संक्रमितहरु विस्तारै समाजमा खुल्लन थाल्नु सकारात्मक रहेको बताए । नियमित औषधी सेवन गरेमा अन्य स्वथ्य मानिस सरह जिवन बिताउन सकिने आफ्नो अनुभब समेत रहेको बताउदै उनले भने पछिल्लो समय ग्रुपको संम्पर्कमा आउने एचआईभी संक्रमितहरु यौनजन्न व्याबहार बाट संक्रमित भएको समेत लिम्बुले जानकारी दिए । धरान पोजेटिभ ग्रुप सदस्य जीवनाथ खनालको अध्यक्षतामा कार्यक्रमा भएको थियो ।


