धनकुटामा वृहत साँस्कृतिक कार्यक्रम हुँदै, मुख्य आकर्षणमा ‘फुलन्देकी आमा’
धनकुटा खबर । आज धनकुटामा वृहत साँस्कृतिक कार्यक्रम भईरहेको छ । धनकुटाको राई कुवा टोलमा वन्दै गरेको किराँती राजा यलम्वर हाङको मूर्ति निर्माण सहयोगार्थ साँसकृतीक कार्यक्रमको आयोजना गरिएको हो ।
किराँत राई यायोख्खा र किराँत राई कलाकार संघ धनकुटाको संयुक्त आयोजनामा जारी कार्यक्रमको मुख्य आकर्षण चर्चित हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) रहेको किराँत राई यायोख्खा धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।
यलम्वर हाङको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगे पनि मूर्ति ल्याएर अनावरण गर्न रकम अपुग भएको किराँत राई यायोख्खा धनकुटाले जनाएको छ । संस्थाका अध्यक्ष राईका अनुसार मूर्ति ल्याउन र अनावरण गर्न अझै ४ लाख बढी रकम अपुग छ ।
यही मूर्ति अनावरणका लागि सहयोग संकलन गर्ने लक्षकासाथ धनकुटाको त्रीवेणी स्कूल प्राङगणमा जारी साँसकृतीक कार्यक्रममा उपस्थितीका लागि सम्पूर्णलाई आह्वान समेत गरिएको छ ।


