धनकुटाको छथरजोरपाटीमा ३ क्ष’यराेगी फे’ला

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका क्षेत्रमा क्षयरोग सम्वन्धि याे अार्थिक वर्षकाे प्रथम चौमासिक सञ्चालित कार्यक्रमकाे समिक्षा गरिएकाे छ ।

गाउँपालिकाकाे स्वास्थ्यशाखाद्वारा अायाेजित समिक्षा गोष्ठिमा याे अार्थिक वर्षकाे पहिलाे चाैमासिकमा क्षयराेग लागेका ३ जना नयाँ राेगि फेला परेकाे जानकारी दिईएकाे छ ।

गाउँपालिका अन्तर्गतका ४ वटा स्वास्थ्य संस्थावाट याे राेगकाे विरामी पत्ता लगाउन सञ्चालन गरिएकाे कार्यक्रमवाट विभिन्न स्थानका नयाँ तीन जना राेगी फेला परेकाे स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गाेलले जानकारी दिनुभयाे । याे राेग सम्वन्ध राष्टिय रणनीति अनुसार पहिलाे चाैमासिकमा ६ जना राेगी पत्ता लगाउनु पर्नेमा यहाँ तीन जना वा पचास प्रतिशत राेगि पत्ता लागेकाे हाे ।

स्वास्थ्य शाखाले जनाएकाे छ । गाउपालिका क्षेत्रका विभिन्न स्वास्थ्य शाखाका ल्याव टेक्निसयन,ल्याव असिस्टेन्ट,गाउपालिकाका पदाधिकारीहरु वीच भएकाे समीक्षा गाेष्ठमा जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका निमित्त प्रमुख तुलसी गुरागाई र ल्याव टेक्निसियन विनाेद गुरागाईले क्षयराेगकाे उपचार सम्वन्धि नयाँ तालिकाकाे वारेमा जानकारी गराएका थिए ।

यश गाउँपालिकामा गए अार्थिक वर्ष ५ जना क्षयराेगका विरामीले अा‌षधि सेवन गरिरहेका थिए । क्षयराेगका विरामीले चिकित्सककाे निगरानीमा ६ महिना नियमित अाैषधि खाए याे राेग निकाे हुने स्वास्थ्य शाखा प्रमुख डङ्गाेलले वताउनुभयाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।