आजबाट सुरु भयो धनकुटा गोल्डकप
धनकुटा खबर, २६ मंसिर । हिले फुटबल क्लबको आयोजनामा धनकुटाको हिलेमा आजवाट प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटवल फेन्ड क्लवले बिजयी सुरुवात गरेको छ । धरानले आयोजक हिले फुटवल क्लबलाइ ३–१ गोल अन्तरले पराजित गदै सेमीफाइनलको यात्रा तय गरेको हो । बिजयी टिमका मिलन राईले एक्कैले तिनै गोल गर्न सफल भए ।
यता आयोजक टिमकालागि सान्तना गोल सुवास तामाङ्गले गरेका थिए । आजै भएको दोस्रो खेलमा युनाइटेड युथ क्लव इलामले युस फुटवल क्लव मोरङलाइ ५–१ गोल अन्तरले पराजित गदै सेमीफाइनलको यात्रा तय गरेको छ ।
बिजयी टिमका लागि निश्चल राइले ह्याट्रिक तथा पुजन मगर र सनुका राईले एक एक गोल गरे । पराजित टिमका लागि सुमन चाम्लीङ्ग राइले एक गोल फर्काए । प्रतियोगिता अन्र्तगत भोलीको पहिलो खेल दुहवी फुटवल क्लव सुनसरीको बिरुद्ध नेपाली आर्मीको वरख गण सल्लेरी तथा इनरुवा फुटवल क्लव सुनसरीको बिरुद्ध रोयल स्पोटिङ क्वल झापा बिच हुने छ ।


