धनकुटा गोल्डकप : दुहवी र धरान फाईनलमा

धनकुटा खबर, मंसिर २८ । धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा दुहवी र धरान फाईनलमा प्रवेश गरेका छन् ।

सेमिफाईनलमा आज झापा सँग भीडेको दुहवी सुनसरीले १ को विरुद्ध २ गोल लगाउदै फाईनलको यात्रा तय गरेको हो । दुहवीकाको जीतका लागि जर्सी नं ९ र १० का खेलाडी शिसम चौधरी र विक्रम राजवंशीले एक एक गोल गरेका थिए । झापाका लागि जर्सी नं १० का खेलाडी सन्दिप वुढाथोकीले एक गोल फक्र्याए पनि हार टार्न सकेनन् ।

यता ईलाम र धरान वीच भएको अर्को खेलमा ०-२ गोल अन्तरले धरान विजयी भएको छ । धरानका लागि जर्सी नं ११ विनोद राईले खेलको २० औ मिनेटमा गोल गरेका थिए भने र जर्सी १० का खेलाडी अभिषेक तामाङले २७ औ मिनेटमा अर्को गोल गर्दै आफ्नो टिमलाई जीत दिलाएका हुन् ।

हिले फुटवल क्लवको आयोजनामा जारी प्रतियोगिताको फाईनल पर्सि ३० गते हुने क्लवका महासचिव सञ्जिव तितुङले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।