धनकुटामा क्षय रो गका नयाँ ३४ जना सं क्रमित वि रामी

धनकुटा,मंसिर २९ । धनकुटामा ३४ जना क्षयरोगका नयाँ संक्रमित विरामी पत्ता लागेका छन् । चालु आर्थिक वर्ष २०७६/७७ को क्षयरोग नियन्त्रण कार्यक्रम अन्र्तगत पहिलो चौमासिकमा जिल्लाका ७ स्थानिय तहको स्वास्थ्य संस्थाहरुले यो रोग सम्वन्धि गरेको कार्यक्रमको क्रममा उल्लेखित संख्याका नयाँ विरामी फेला परेका हुन् ।

जसअनुसार धनकुटा नगरपालिकामा ८, पाख्रीवास नगरपालिकामा ७,महालक्ष्मी नगरपालिकामा २,छथरजोरपाटी गाउँपालिकामा ३, शहिदभूमि गाउँपालिकामा ४, सागुरीगढी गाउँपालिकामा ४ र चौविसे गाउँपालिकामा ६ जना क्षयरोगका नयाँ विरामी फेला परेका हुन् ।

आज स्वास्थ्य कार्यलय धनकुटाको आयोजनामा धनकुटामा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा ७ वटै स्थानिय तहका स्वास्थ्य शाखाहरुले पहिलो चौमासिकमा गरेका कार्यक्रमको वारेमा जानकारी गराएका हुन् ।

अहिले नेपालको सन्दर्भलाई हेर्ने हो भने हरेक वर्ष क्षयरोगका ४४ हजार नयाँ विरामी फेला पर्ने गरेको र यही रोगाको कारण ५ देखी ७ हजारको मृत्यू् हुने गरेको गोष्ठिमा जानकारी गराईएको छथरजोरपाटी गाउँपालिका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

दिनको हिसावले हेर्दा नेपालमा प्रतिदिन १ सय २० नयाँ क्षयरोगी फेला पर्ने गरेकाछन् भने दैनिक २० जनाको मृत्यू हुनेगरेको छ । २५ जना अझै पत्ता लगाउन नसकिरहेको तथ्याङ्क स्वास्थ्य कार्यलयको छ । गोष्ठिमा ७ वटै स्थानिय तहका स्वास्थ्यशाखा संयोजक सहित स्वास्थ्य कार्यलय धनकुटाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनीधिले उपस्थिती थियो ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक तथा तथ्याङ्क अधिकृत पूर्ण शेखर श्रेष्ठको प्रमुख आतिथ्य तथा स्वास्थ्य कार्यलय धनकुटाका निमित्त स्वास्थ्य प्रमुख तुलसी प्रसाद गुरागाईको अध्यक्षतामा सञ्चालित गोष्ठिमा स्वागत मन्तव्य स्वास्थ्य कार्यलयका तालिम अधिकृत गोकुल भण्डारीले राखनुभएको थियो । सञ्चालन ल्याव टेक्निसियन विनोद गुरागाईले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।