दुहवीले हातपार्यो धनकुटा गोल्डकपको पहिलो उपाधि

धनकुटा खबर, मंसिर ३० । धनकुटाको हिलेमा सञ्चालित प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि दुहवी फुटवल क्लवले हातपारेको छ ।

प्रतियोगिताको फाईनलमा आज धरान फुटवल क्लव सँग भीडेको उस्ले ११-१२ गोल अन्तरले उपाधि हातपारेको हो । प्रतियोगिताको पहिलो हाफसम्म दुवै टिमले २,२ गोलको वरावरी खेलेपनि त्यस उताको समयमा दुवै टिमले कुनै गोल गर्न सकेनन् ।

त्यसपछि समय थप गरिएको थियो । थप गरिएको समयमा पनि कुनै टिमले गोल नगरेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटको अवसरलाई सदुपयोग गर्दै दुहवीले १२ गोल लगायो । जीत सँगै उस्ले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो स्थानमा चित्त वुझाएको धरानले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

हिले फुटवल क्लवको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडी समूहलाई क्लवका अध्यक्ष राजु तामाङको अध्यक्षतामा भएको कार्यक्रमको वीच प्रतिनीधि सभा संसद राजेन्द्र कुमार राई सहितकाले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा आयोजकको हिले फुटवल क्लव सहित, नेपाली आर्मीको वरख गण धनकुटा, धरान फुटवल फेन्ड क्लव, युनाइटेड युथ क्लव इलाम, दुहवी फुटवल क्लव सुनसरी, युस फुटवल क्लव मोरङ, इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्र्पोटिङ क्वल झापाले सहभागीता जनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖