धनकुटाको पाख्रीवासमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने
धनकुटा खबर, ३ पुष । धनकुटाको पाख्रीवास नगरपालिकामा प्रथम गिरीजाप्रसाद कोइराला मेमोरियल वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।
वडास्तरमा रहेका प्रतिभावान खेलाडीको क्षमतालाई राष्ट्रियस्तरसम्म पुर्याउन मद्दत गर्ने उद्देश्यले गिरीजाप्रसाद कोइराला फाउण्डेशन पाख्रिवास नगर समितिको आगामी पुष १० देखि १२ गतेसम्म वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पाख्रीवास नगरक्षेत्रका वडावाट एक–एक गरि १० टिम र अन्य दुई टिम गरी १२ टिमको सहभागीत रहने छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार र ट्रफि, र उपविजेताले नगद २५ हजार सहित ट्रफि पुरस्कार पाउनेछन् । त्यस्तै विभिन्न विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद र हरेक खेलमा म्यान अफ म्याच पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रथम १ नं. निवर्तमान प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्वाहाङ्गले गर्नुहुने गिरीजाप्रसाद कोइराला फाउण्डेशन प्रदेश समिति सभापति इन्दिरा थापाले जानकारी दिनु भयो ।


