हिलेमा २ दिने निःशूल्क स्वास्थ्य शिविर, पहिलो दिन ६ सय वढीले सेवा लिए

धनकुटा खबर, पौष ३ । धनकुटाको हिलेमा आजवाट २ दिने निःशूल्क स्वास्थ्य शिविर शुरु भएको छ । रोटरी क्लव अफ ईटहरीको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित शिविरको आज विहान धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरन तामाङले उद्घाटन गर्नुभएको हो ।

शिविरको आज पहिलो दिन ६ सय वढी सर्वसाधारणले सेवा लिएकाछन् । शिविर उद्घाटन कार्यक्रममा वोल्दै वडाध्यक्ष तामाङले सम्पूर्ण नागरिकलाई स्वास्थ्य वनाए मात्र वडालाई समृद्ध वनाउन र समाजलाई अगाडी वढाउन सकिने भएकोले शिविर सञ्चालन गरेको वताउनुभयो । उहाँहरुले सम्पूर्ण सर्वसाधारणलाई शिविरमा आई आ आफ्नो स्वास्थ्य जाँच गराउन आग्रह समेत गर्नुभयो ।

शिविरिमा मुटु रोग, हाडजोर्नि, स्त्री रोग, आखाँ को समस्या भएका सहित विन्नि रोगको सेवा प्रदान गरिदैछ । शिविर उद्घाटन कै अवसरमा अवसरमा हिले माविमा का १२ जना विशेष र कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।

शिविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकिसिनवरीका १२ जना चिकित्सकको टोलिले उपचार सेवा प्रदान गरिरहेको रोटरी क्लवका सदस्य चेतन धमलाले वताउनुभयो । उहाका अनुसार यस क्लवले अन्य स्थानमा पनि यस्ता सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

शिविर उद्घाटन कार्यक्रममा १ नं वडा सदस्य लालचन गोङ्वा, धनकुटा उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष उमेश घिमिरे,नेपाल रेडक्रस शोसाईटी हिले शाखाका सभापति धिरेन थिङ,व्याडमिण्टन क्लवका अध्यक्ष राम गोङवा,हिले प्रहरी चौकी प्रमुख कुमार ढकाल, विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्य लगायतको उपस्थिती थियो । शिविरि सञ्चालनका लागि धनकुटा नगरपालिका १ नं वडा कार्यलय,वितरक संघ, हिले व्याडमिण्टन क्लव र यामाहा शोरुमले सहयोग गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।