हिलेमा सञ्चालित नि:शूल्क स्वास्थ्य शिविरमा ११३० जनाले सेवा लिए
धनकुटा खबर, पौष ४ । धनकुटाको हिलेमा सञ्चालित २ दिने नि:शूल्क स्वास्थ्य शिविरमा ११ सय ३० सर्वसाधारणले सेवा लिएकाछन् ।
रोटरी क्लव अफ ईटहरी र यामाहाको संयुक्त आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा हिजो र आज दुई दिनमा उल्लेखीत संख्याका सर्वसाधारणले सेवा लिएका हुन् ।

शिविरमा सुगर,पाठेघर,आँखा, हाडजोर्नी लगायतका समस्या भएका धेरै विरामीले सेवा लिएको क्लवका संजोक पराजुलीले जानकारी दिनुभयो । धनकुटा नगरपालिका १ नं वडा कार्यलय, हिले व्याडमिण्टन क्लव, वितरक संघ धनकुटा र यामाहा शोरुमको सहयोगमा सञ्चालन भएको शिविरमा मुटु , हाडजोर्नि, स्त्री रोग, आखाँ को समस्या भएका सहित विन्नि रोगको सेवा प्रदान गरिएको थियो ।
शिविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकिसिनवरीका १२ जना चिकित्सकको टोलिले उपचार सेवा प्रदान गरेको थियो ।


