धनकुटाको छथरजोरपार्टीमा सामुदायीक स्वास्थ्य ईकाई उद्घाटन
धनकुटा खबर, पौष ८ । धनकुटाको छथरजोरपार्टी गाउँपालिका वडा नं २ सल्लेमा आज सामुदायीक स्वास्थ्य ईकाई उद्घाटन गरिएको छ ।
वडा नं २ का अध्यक्ष कृष्ण कुमार मगरको अध्यक्षतमा सञ्चालित कार्यक्रमको वीच स्वास्थ्य ईकाईको गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले रिवन काटेर उद्घाटन गर्नुभएको हो । यहाँ स्वास्थ्य ईकाई उद्घाटन गरिएसँगै यो गाउँपालिकाको सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना भएको छ ।
२ कोठे १ तले भवनमा सञ्चालित यो स्वास्थ्य ईकाईवाट ल्याव सेवा र चौविस घण्टे प्रसुती सेवा वाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु सर्वसाधारणले लिन पाउने छथरजोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनदरमान डङ्गोलले जानकारी दिनुभयो ।

यहाँ अहिले १ अहेव १ अनमी र १ जना कार्यलय सहयोगी सहित ३ जना कर्मचारी नियुक्र गरिएको छ । आफ्नै वडामा स्वास्थ्य ईकाई सञ्चालनमा आएपछि त्यहाँका स्थानिय खुशी भएकाछन् । यो स्वास्थ्य ईकाई भवन गाउँपालिकाको करिव १५ लाख लगतमा निर्माण गरिएको जनाईएको छ ।
स्वास्थ्य ईकाई उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख भीमकला श्रेष्ठ विशेष अतिथि रहनुभएको थियो भने विभिन्न राजनीतिकदलका प्रमुख एवम् प्रतिनीधि तथा संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सह-संयोजक दिन प्रसाद दुलालले गर्नु भएको थियो ।


