पाख्रीवास नकआउट फुटवलमा आज ५ खेल, हेर्नुहोस् कुन-कुन टीम विजयी भए
धनकुटा खबर, पौष ११ । धनकुटाको पाख्रीवासमा सञ्चालित प्रथम गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगितामा आज ५ खेल भएकाछन् ।
गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर समितिको आयोजनामा जारी प्रतियोगिताको आजको पहिलो खेल वडा नं ५ र ८ वीच भएको थियो । यो खेलमा ०-२ गोल अन्तरले वडा नं ८ विजयी भएको छ ।
त्यस्तै आयोजक र वडा नं १० वीच भएको दोश्रो खेलमा ०-२ गोल अन्तरले नै वडा नं १० विजयी वन्यो भने वडा नं ४ र ७ वीचको तेश्रो खेलमा ०-४ गोल को अन्तरले वडा नं ४ विजयी वनेको छ ।

त्यस्तै वडा नं २ र ३ वीच भएको चौथो खेलमा ०-२ गोल अन्तरले वडा नं ३ विजयी भयो भने वडा नं ९ र १० वीच भएको पाँचौ खेलमा १-२ गोल अन्तरले वडा नं १० विजयी भएको आयोजकले जनाएको छ । यो सँगै ३,४,८,र १० नं वडा प्रतियोगिताको सेमी फाईनलमा प्रवेश गरेका प्रतियोगिता आयोजक समितिका सचिव सन्तोष मानन्धरले जानकारी दिनुभयो ।
आज भएका खेलहरुमा क्रमश वडा नं ८ का सुसन राई, १० का उज्वल भण्डारी, ४ का विनोद वुढाथोकी, ३ का नविन वस्नेत र वडा नं १० का सुदिप राई म्यान अप दि म्याच घोषित भएकाछन् । उनिहरुलाई ट्रफी पुरस्कार प्रदान गरिएको छ । भोलिको खेल विहान ८ वजेदेखी हुने छ ।


