धनकुटामा महिला गोल्ड कप शुरु, एपीएफ भारी गोल अन्तरले विजयी
धनकुटा खबर, १२ पुष । धनकुटाको तल्लो टुडिखेलमा आज बाट शुरु भएको शहिद रिदामाहाङ्ग–रामसिलिहाङ्ग आठपहरीया महिला गोल्ड कप २०७६ को पहिलो उत्घाटन खेलमा विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफले विजय हासिल गरेको छ ।
उत्घाटन खेलमा विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफले मोरङ्ग फुटवल क्लब लाई ११ –० को भारी गोल अन्तरले पराजित गरेको हो । एफिएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो ।
एफिएफका लागि स्ट्राइकर साबित्रा भण्डारी एक्लैले ५ गोल गरिन् । त्यस्तै अनिता केसीले १, अनिता बस्नेत १, रेखा पौडेलले २, मनमाया लिम्बु १ तथा गिता राना मगरले १ गोल गर्न सफल भइन् ।

एक तर्फिय बनेको खेलमा मोरङ्गले कुनै पनि राम्रो अवसर सिर्जना गर्न सकेन । प्रतियोगिता अन्तरगत भोलि त्रिभुवन आर्मी क्लब र बराहक्षेत्र फुटबल क्लब चतारा बिच खेल हुने आयोजकले जानाएको छ ।


