वडा नं ४ ले हात पार्यो पाख्रीवासमा जारी नकआउट फुटवल प्रतियोगिताको जीत
धनकुटा खबर, पौष १२ । प्रथम गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको जीत धनकुटाको पाख्रीवास वडा नं ४ ले हात पारेको छ ।
धनकुटाको पाख्रीवास जाल्पादेवी खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नं ३ लाई ३-४ गोल अन्तरले हराउदै उसले जीत हाँसिल गरेको हो । खेलको निर्धारित समयमा दुवै वडाको टिमले कुनै कुनैपनि गोल नगरेपछि पेनाल्टि सुटआउटमा धकेलिएको खेलमा ३ नं वडा का २ खेलडीले पेनाल्टि सुट मिस गरे भने ४ नं वडाका खेलाडीले हानेको एक पेनाल्टि सुट वडा नं ३ का गोल रक्षकले रोकेका थिए ।
जीत सँगै वडा नं ४ ले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ भने दोश्रो भएको वडा नं ३ ले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता आयोजक जिपी काईराला फाउण्डेसन पाख्रीवासका सचिव सन्तोष मानन्धरले जानकारी दिनुभयो । फाईनल खेलको म्यान अफ दि फाईनल वडा नं ४ का गोल रक्षक धन वहादुर मगर घोषित भए । उनलाई पनि ट्रफी प्रदान गरिएको छ ।

विजयी समूह तथा खेलााडीहरुलाई जिपी कोईराला फउण्डेसन पाख्रीवास नगर समितिका अध्यक्ष जयन्द्र घिसिङको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथी एवम् अतिथीहरुले पुरस्कार प्रदान गरेका थिए । यसैवीच कार्यक्रममा वोल्दै फाउण्डेसनका प्रदेश नं १ का अध्यक्ष ईन्दिरा थापाले पाख्रीवास १० का खेलाडी उज्वल भण्डारीलाई प्रोत्साहन स्वरुप वार्षिक नगद २५ हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
जिपी कोईराला फाउण्डेसनले स्वास्थ्य,खेलकुद, महिला लगायत विभिन्न क्षेत्रमा सक्रियताका साथ काम गरिरहेको जानकारी गराउदै आगामी दिनमा यो प्रतियोगिताको पुरस्कार राशी समेत वृद्धी गर्दै लाने अध्यक्ष थापाले वताउनुभयो । साथै हालै मात्र धनकुटाका दुई जना विद्यार्थीलाई स्वास्थ्य तालिमका लागि चिन पठाएको समेत उहाँले जानकारी गराउनुभयो ।

त्यस्तैगरी नेपाली कंग्रेसका नेता तथा जिपी फाउण्डेसनका केन्द्रिय सदस्य डा. शोभाकर पराजुलीले पाख्रीवास नगर क्षेत्रवाट खेलको विकास गर्दै राष्ट्रिंय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सक्ने खेलाडी उत्पादन गर्न सहयो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले खेलले मानिसलाई धेरै कुरा सिकाउने भन्दै खेलको जुन नियम, अनुशासन मर्यादा छ त्यसलाई लोकतन्त्रको मूल्य मान्यता आदर्श र विश्व्यापी सार्वभौम परिभाषा भित्र जोडेर हेर्न सक्नुपर्ने वताउनुभयो ।

समापन कार्यक्रममा सञ्चारकर्मी तथा लेखक चन्द्र किशोर झा, सम्पूर्ण वडाध्यक्षहरुको तर्फवाट ४ नं वडाध्यक्ष शोवित निरौला, मुस्लिम संघ उदयपुरका अध्यक्ष नजवुल खान लगायतकाले मन्तव्य राखेका थिए । स्वागत फाउण्डेसनका सल्लाहकार ज्ञान वहादुर गुरुङले राख्नुभएको थियो भने सञ्चालन प्रेम भण्डारीले गर्नुभएो थियो ।


