५१ औं दिनमा ‘जीवन काँडा की फुल’ !

धनकुटा खबर, १४ पुष । साहित्यकार झमक कुमारी घिमिरेको वायोपिक फिल्म ‘जीवन काँडा की फूल’ ले धनकुटामा प्रर्दशनको ५१ औं दिन मनाउन सफल भएको छ । गत कात्तिक २२ गते धनकुटा सहित देशभरवाट उक्त फिल्म आएको थियो । हल वितरकको राजनीति कारण काठमाडौं सहित देशका स्थानमा प्रदर्शन भएपनि सोही हलबाट फिल्म उत्रिएको थियो । तर धनकुटामा भने फिल्म निरन्तर रुपमा प्रदर्शन भइरहेको थियो ।

धनकुटेली दर्शकको अपार माया र स्नेहको कारण फिल्मले ५१ दिन मनाउन सफल भएको फिल्मका निर्माता तथा निर्देशक विनोष्ट विष्टले बताउनु भयो । उहाँका अनुसार विशेष गरी यो फिल्म विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले मन पराएका थिए । निर्देशक विष्टले फिल्म सफलताको खुसीयाली बनाउन एक विशेष समारोहको आयोजना गर्ने बताउनु भयो । चितवन स्थित म्याङ्गो जनज्योती हलमा कात्र्तिक २९ गतेदेखि फिल्म प्रर्दशन भइरहेको छ । सो हलमा पनि फिल्मले निकट भविष्यमै ५१ दिन मनाउने उहाँको भनाई छ । निर्देशक विष्टले फिल्मले कति कमायो भन्दा पनि कति दिन चल्यो भन्ने कुरा महत्पुर्ण हुने बताउँनु भयो । ‘यो आफैमा एउटा वायोपिक फिल्म हो’ उहाले भने ‘वायोपिक फिल्म हलमा ५१ दिन चल्दा खुसी लागेको छ’

धनकुटा सिनेमा हलका संचालक पुर्णकुमार चौधरीले पहिलो पटक धनकुटामा नेपाली फिल्मले ५१ औं दिन मनाउन सफल भएको बताउँनु भयो । यो भन्दा अघि नेपाली फिल्म आफ्नो मान्छे ३० दिन सम्म चलेको थियो । तर धनकुटाको इतिहासमा जीवन काँडा कि फुल फिल्मले ५१ दिन मनाएर रेकर्ड कायम गरेको उहाँको भनाई छ । पछिल्लो समय फिल्म हलमा दर्शकको उपस्थित न्यून भइरहेको बेला धनकुटामा हल स्थापना भएको २१ बर्षमा पहिलो पटक फिल्म हेर्न हल आउने दर्शक समेत भेटिएको उहाँले बताउनु भयो ।

फिल्मको सुटिङ धनकुटा–६ स्थित झमकको घरमा नै भएको थियो । मदन पुरस्कार विजेता झमक घिमिरेको वहुचर्चित आत्मकथामा आधारित ‘जीवन काँडा कि फूल’ फिल्ममा वाल्यकाल र यूवावस्थाको संघर्षको कहानी चित्रण गरिएको छ ।

फिल्ममा झमक सानो छँदाको रोल सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धचार्यले गर्नु भएको छ । यस्तै झमकको वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरि लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । करिव ८० लाख रुपैयाको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ । फिल्मका कार्यकारी निर्माता बद्री चौहान, उमानाथ सुवेदी, जुनु गौतम, संवाद झमक घिमिरे, मुक्ति उपाध्याय बराल, पटकथा मुक्ति उपाध्याय बराल, संगीत प्रकाश शिवाकोटी, गीतकार झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेश प्रकाश महरा, प्रोडक्सन म्यानेजर प्रकाश हमाल, कलररिष्ट श्याम कुवँर, सम्पादक तारा थापा किम्भे लगायत छन् ।

झमकको जीवन संघर्षलाई देखाइएको फिल्मलाई विद्यार्थीले बढी मात्रामा रुचाएका थिए । धनकुटा नगरक्षेत्रका नगर क्षेत्र र आसपासका दर्जन भन्दा बढी विद्यालयका विद्यार्थीले फिल्म हेरिसकेका छन् । अहिले पनि विद्यालयवाट फिल्म हेर्नका लागि सम्पर्क हुने गरेको छ । झमकको जीवनी पाठ्यक्रममा समेत रहेको छ । सोही कारण विद्यार्थीहरुका लागि फिल्म महत्वपूर्ण वनेको छ । फिल्म हेर्न आएका अधिंकाश विद्यार्थीहरु फिल्म सकिए प्रश्चात भावुक भएका निस्किने गरेका छन् । विद्यार्थीलाई पचास प्रतिशत छुटमा फिल्म देखाइएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।