धनकुटामा जारी महिला गोल्डकप : आयोजक धनकुटालाई प’राजित गर्दै रौतहट सेमिफाइनलमा
धनकुटा खबर, १५ पुष । धनकुटामा जारि सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक टिम धनकुटा रौतहट फुटवल क्लवसँग ८–० गोलअन्तरले प राजित भएको छ ।

धनकुटा सदरमुकाम स्थित तल्लो टुडिखेलमा सम्पन्न खेलमा आयोजक धनकुटा पराजीत गर्दै अन्तिम क्वाटर फाइनलमा खेलमा विजयी हुँदै रौतहट सेमिफाइलनमा प्रवेश गरेको छ । यस अघि नै विभागीय टिमहरु नेपाल पुलिस क्लव, एपिएफ र नेपाली आर्मी यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।
रौतहटको जीतमा दिलकुमारी राना मगरले २, रजनि थोकरले २, मेनुका आलेमगर, मनिसा राउत, सविता राना मगर, निकिता थोकरले एक÷एक गोल गरेका थिए ।
आज सम्पन्न खेलको वुमन अफी म्याच रौतहटकी दिलकुमारी राना मगर भइन् । भोलीको पहिलो सेमिफाइनल खेल वुधवार विभागीय टिमहरु सशस्त्र प्रहरी वलको एपीएफ र नेपाल पुलिस वीच हुनेछ ।


