धनकुटामा जारी प्रथम महिला गोल्डकप : रौतहटलाई हराउदै आर्मी फाइनलमा

विकास घिमिरे, धनकुटा खबर, १७ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटवल प्रतियोगितामा नेपाली सेनाको विभागिय टोली त्रिभूवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार धनकुटा सदरमुकाम स्थित तल्लो टुडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा रौतहट फुटबल क्लब लाई ६–० गोलअन्तरले पराजित गर्दै आर्मीले एपिएफ संगको फाइनलमा भेट पक्का गरेको छ ।

आर्मीले खेलको २ मिनेटमा २ गोल गरेर सुरुमै अग्रता लिएको थियो त्यस पछि पनि आर्मीले लगातार गोल गर्यो आर्मीको तर्फबाट शर्मिला थापाले २ , रश्मी घिसिङ्ग, इन्दिरा राई, विमला चौधरी र सपना लामाले १–१ गोल गरेका थिए ।

यस अघि नै नेपाल पुलिस क्लब लाई पराजीत गर्दै एपिएफ फाईनल प्रवेश गरि सकेको छ फाईल खेल शुक्रबार धनकुटाको ताल्लो टुडिखेलमा हुने आयोजकले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।