नेपाललाई पदक दिलाउन सफल धनकुटाका २ जना खेलाडीलाई अभिनन्दन गरियो

धनकुटा खबर, १७ पुष । काठमाण्डौमा हालै सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पदक दिलाउन सफल धनकुटाका २ जना खेलाडीलाई अभिनन्दन गरिएको छ ।

धनकुटा नगरपालिकालको आयोजानमा फुटवल खेलाडी सुजल श्रेष्ठ र उसुका चित्रसिंह ठकुरीलाई नगद सहित अभिनन्दन गरिएको हो । सुजलले फुटबलमा स्वर्णपदक तथा चित्रसिंहले उसुमा कास्य पदक दिलाएका थिए । स्वर्ण पदक विजेता फटबलका सुजल श्रेष्ठलाई १ लाख र उसुका चित्रसिंह ठकुरीलाई ५० हजार रुपैया सहित अभिनन्दन गरिएको थियो ।

त्यस्तै अभिनन्दन कार्यक्रममा सागमा निर्णायकको भूमिकामा रहेका धनकुटा निवासी उसुका अन्तर्राष्ट्रिय निर्णायक खेमराज थापालाई सम्मान–पत्रले सम्मान गरिएको थियो ।

धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन र्यालीले श्रेष्ठ र ठकुरीलाई बजार परिक्रमा गराएको थियो । श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गर्दा विभिन्न जातीय समुदाय झाँकी प्रस्तुत गरिएको थियो ।

र्यालीमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधी र सयौँको संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।