धनकुटामा जारी प्रथम महिला गोल्डकपको उपाधी आर्मीलाई

धनकुटा खबर, १८ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको उपाधी नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले जितेको छ ।

धनकुटाको तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा आर्मीले सशत्र प्रहरीको एपिएफ क्लब लाई ३–१ गोल अन्र्तरले पराजित गर्दै शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको उपाधी जितेको हो ।

निकै संघर्ष पूर्ण खेलको निर्धारित ८० मिनेको खेलमा दुबै तर्फ बाट गोल हुन सकेन धनकुटामा बर्षा भएको कारण खेल निर्धारित समय पछि सिधै पेनाल्टी सुट आउटमा गएको थियो पेनाल्टी सुटमा आर्मीको तर्फ बाट रस्मी घिसिङ्ग,निसा बोहोरा,पुजा राना मगरले गोल गरेका थिए । भने पुलिको तर्फ मञ्जु दोङ्गलेमात्र गोल गर्न सफल भईन् ।

किरात आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता आर्मीले नगद दुई लाख टफि र उपविजेताले एपिएफले नगद १ लाख रुपैया प्राप्त गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।