पाख्रीवास-८ मा सञ्चालित शिविरबाट पहिलो दिन २८१ जनाले स्वास्थ्य सेवा लिए

शर्मिला राई, धनकुटा खबर, पौष २० । धनकुटाको पाख्रीवास नगरपालिका ८ मुगामा सञ्चालित दुईदिने निःशूल्क स्वास्थ्य शिविरमा आज पहिलो दिन २ सय ८१ जनाले स्वास्थ्य सेवा लिएकाछन् ।

पाख्रीवास नगरपालिकाको आर्थिक सहयोग तथा पाख्रीवास नगरपालिका ७ र ८ नं वडा को संयुक्त आयोजनामा सञ्चालित शिविरमा विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटल विराटनगरका प्रशासन प्रमुख आवास श्रेष्ठ नेतृत्वको २७ जना चिकत्सकको टोलिले सेवा दिईरहेको ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।

ग्रामीण भेगका सर्वसाधारणहरुलाई सुलभ स्वास्थ्य सेवा दिने लक्षका साथ आयोजित शिविरमा आँखाको समस्या जाँच तथा जनरल मेडिशिन सम्वन्धि सेवा वढीले लिईरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका संयोजक भुवन रेग्मीले वताउनुभयो ।

शिविरमा स्त्री तथा वालरोग,आँखाको समस्या,छाला रोग,यौन तथा कुष्ठ रोग,अल्ट्रासाउण्ड,नवजात शिशु तथा वाल रोग लगायतको उपचार सेवा प्रदान गरिदैछ । भोलि पनि विहान १० वजे देखी विरामीहरुको स्वास्थ्य जाँच शूरु गरिने स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖