धनकुटाको तेलियामा निःशूल्क माईक्रोस्कोपिक क्याम्प सञ्चालन

शर्मिला राई, धनकुटा खबर, पौष २३ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ सिद्धरानी वोर्डिङ स्कुल तेलियामा आज १ दिने निःशूल्क माईक्रोस्कोपिक क्याम्प सञ्चालन गरिएको छ ।

छथरजोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित क्याम्पमा १ सय ४९ जनाको खकार जाँचका लागि संकलन गरिएको छ । क्षयरोगी पत्ता लगाई यसको समयमै डस्ट विधिवाट उपचार गर्ने लक्षका साथ आयोजित यस क्याम्पमा संकलित खकारको आज स्लाव वनाउने काम गरिएको र अब केही दिनमा रिपोर्ट आउने स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

क्याम्पमा अन्य १ सय २५ जना सामान्य विरामीको पनि स्वास्थ्य जाँच गरि औषधि वितरण गरिएको छ । क्याम्पमा स्वास्थ्य शाखा प्रमुख डङ्गोल सिहत उप प्रमुख दिन प्रसाद दुलाल,तेलिया स्वास्थ्य चौकी प्रमुख रामनारायण शाह,ताङ्खुवा स्वास्थ्य चौकी प्रमुख पुष्पराज ओझा, स्वास्थ्य चौकीका ल्याव टेक्निसियन अप्सरा दाहाल लगायत स्वास्थ्य स्वयम्सेविका र अन्य स्वास्थ्यकर्मी महिलाहरुको उपस्थिती थियो ।

माईक्रोसकोपिक सेन्टर देखि टाढाको वस्तिमा सञ्चालन गरिने यस्तो क्याम्प यसअघि १ र ५ नं वडामा सञ्चालन गरिसकिएको स्वास्थ्यशाखाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।