सहकार्यले मात्रै हा’त्तिपाइले रोग निवारण अभियान सफल हुने

धनकुटा खबर । हात्तिपाइलेरोग निवारण कार्यक्रम सवै सरोकारवाला निकायहरुको सहकार्यले मात्रै अभियान सफलतापूर्वक सम्पन्न हुने बताएका छन् । धनकुटा नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न आम औषधी वितरण कार्यक्रम नवौं चरणको नगरस्तरीय गोष्ठिका सहभागीहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा वोल्दै त्रिवेणी उच्च माध्यमिक विद्यालयका शिक्षक दिपक पोखरेलले हात्तिपाइले विरुद्धको औषधी शिक्षित वर्गले नखाएको कारण अरुले पनि खान डराएको हुनाले अभियान नै संचालन गरेर यो अभियानलाई संचालन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै गोकुण्डेश्वर वालमन्दिर उच्च माध्यमिक विद्यालयका प्राचार्य दामोदर मिश्रले टोलवस्तीमा गएर सचेतना संचालन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा वोल्नुहुँदै धनकुटा नगरपालिका उपप्रमुख सकुन्तला वस्नेतले यो अभियान संचालन गर्न सरकारले अर्वौ खर्च गरेको छ ।

औषधी सेवन नगर्नेलाई सेवासुविधा वञ्चित गर्नुपर्ने बताउनु भयो । उहाँले आम मानिसमा वुझाई रहेको अन्र्तराष्ट्रिय मुलुकका लागि नेपाल प्रयोगशाला जस्तो भएको भ्रम पैदा भएकोले हटाउन आवश्यक रहेको उहाँले बताउँनु भयो ।

कार्यक्रममा धनकुटा नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका स्वास्थ्य निरिक्षक भोजराज भण्डारी र धनकुटा अस्पतालका निमित्त मेसु डा. पुजन विश्वकर्माले प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।