धनकुटामा फेरी अर्को महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने
धनकुटा खबर । धनकुटामा शहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने आज धनकुटामा पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आयोजक धनकुटा, मोरङ्ग, सुनसरी, झापा, उदयपुर, ताप्लेजुङ्ग, इलाम र पाँचथर सहभागि हुने आयोजकले जानकारी दिएको छ । पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख र गोल्डकप दोस्रो हुने टिम लाई ५० हजार प्रत्यक खेलमा म्यानअफद म्याच हुने लाई ३ हजार र प्रत्येक विद्यामा उत्कृष्ठ हुने लाई नगद रु ५ हजारले पुरस्कृत हुने समेत आयोजक समितीका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले जानकारी दिए । खेलमा प्रवेश निःशुल्क गरिएको छ ।

यस अघि धनकुटामा शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप सञ्चालन गरिएको थियो । जसको उपाधी नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले हात पारेको थियो ।


