माघ ३ गते देखी शुरु हुने प्रदेश स्तरीय महिला गोल्ड कप फुटबलको टाईमसिट प्रकाशित
धनकुटा खबर, माघ १ । श’हिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिता धनकुटामा माघ ३ गते देखी शुरु हुने खेलको आज टाईमसिट प्रकाशित गरेको सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रजातन्त्रका लागि बलिदान दिनु भएका धनकुटाका स हिद रामकृष्ण श्रेष्ठको सम्मानमा माघ ३ गते देखी ७ गते सम्म धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगितामा ताप्लेजुग, पाचथर, इलाम, झापा, मोरग, सुनसरी र उदयपुर तथा धनकुटा आयोजक टिमले भाग लिने आयोजक समितिका अध्यक्ष इश्वर अकेलालो वताउनु भयो ।
शहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्ड कप महिला फटबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद र कप, दोस्रो हुने टिमलाई ५० हजार नगर रुपैया र कप र प्रत्येक म्याचमा ओमेन अफ दि म्याच नगद पुरस्कार र विधागत पुरस्कारमा समेत नगद पुरस्कार प्रदान गरिने आयोजिक समितिका सल्लाहकार सम्मान तथा पुरस्कार व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
माघ ३ गते धरान महिला फुटवल टिम सुनसरी र मोरग ११ बिच हुने, माघ ४ गते पहिलो खेल कन्काई नगरपालिलका महिला टिम झपा र पाचथर जिल्ला फुटवल संघ र दोस्रो खेल धनकुटा फुटवल संघ र इलाम वीच हुने र माघ ५ गते बसाह फुटबल क्लव उदयपुर र कर्ण सिंह सोनाम फुटबल क्लव ताप्लेजुग विच हुनेछ भने ६ गते समीफाईनल र ७ गते फाईनल खेल हुने टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले वताउनु भयो ।


