प्रदेश स्तरीय महिला गोल्ड कप फुटबलको उद्घाटन खेलमा मोरङ्ग बिजयी
धनकुटा खबर, ३ माघ । धनकुटामा आज बाट सुरु भएको शहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङ्ग फुटबल टिम बिजयी भएको छ ।
मोरङ्ग फुटबल टिमले सुनसरीको धरान फुटबल टिम लाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा भएको प्रतिस्पिर्धामा बिजयी टोली मोरङ्गको तर्फ बाट जमुना मगर , इमा राई एक एकर सावित्रा मगरले दुई गोल गरेकी थिए भने पराजीत टोलीको तर्फ बाट पवित्रा राई र समिक्षा मगरले गोल गरेका थिए ।
खेलको वमन अफद म्याच मोरङ्गकी साबित्री राई घोषित भईन् । प्रतियोगितामा विशेष सहयोगीको रुपमा धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानीय तहहरु रहेका छन् भने प्राविधिक सहयोग धनकुटा जिल्ला फुटवल संघले गरेको छ ।

प्रतियोगिता अन्र्तगत शनिवार दुई खेल हुनेछन् । पहिलो खेलमा धनकुटा फुटवल संघ र ईलाम–११ वीच र दोस्रो खेल झापाको कन्काई नगरपालिका महिला टिम र पाँचथर जिल्ला फुटवल संघ विच हुनेछ ।
प्रतियोगिताको उद्घाटन संद्यीय सांसद राजेन्द्र राईले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षतता प्रतिष्ठानका अध्यक्ष ईश्वर वहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख र गोल्डकप दोस्रो हुने टिम लाई ५० हजार प्रत्यक खेलमा वमन अफद म्याच लाई ३ हजार र प्रत्येक विधामा उत्कृष्ठ हुने लाई नगद रु ५ हजारले पुरस्कृत हुने समेत आयोजक समितीले जनाएको छ ।


