धनकुटाको चुलाचुलीमा जारि मावि स्तरीय उपाध्यक्ष कपको फाइनल भोली

धनकुटा खबर, ४ माघ । छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा जारि माध्यमिक तह स्तरीय उपाध्यक्ष कप फुटवल प्रतियोगितामा छात्र तर्फ सगरमाथा मावि र चुलाचुली मावि वीच उपाधीको लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै छात्रा तर्फ महाकाली मावि र सेतो गुराँस वोर्डिङ वीच फाइनल खेलको प्रतिस्पर्धा हुने छ । शनिवार सम्पन्न छात्राछात्र तर्फको सेमिफाइनल खेलमा विजयी हुँदै यी विद्यालय वीच उपाधीको लागि प्रतिस्पर्धा हुने भएको हो ।

शनिवार सम्पन्न छात्र तर्फको पहिलो खेलमा चुलाचुली माविले सरस्वती माविलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइलन प्रवेश गर्यो । त्यस्तै सगरमाथा माविले पनि सरस्वती माविलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा सडन डेथमा सगरमाथा माविलाई पराजित गर्दै सेतो गुराँस विजयी भएको थियो । दोस्रो सेमिफाइनल खेलमा चुलाचुली माविले महाकाली माविलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।