धनकुटामा जारि महिला फुटवल : उदयपुरलाई प’राजित गर्दै ताप्लेजुङ सेमिफाईनलमा

धनकुटा खबर, ५ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको ताप्लेजुङको कर्णसिंह सोनाम फुटवल क्लवसेमिफाइनलमा प्रवेश गरेको छ ।

एक गोलले पछि परेको स्थितिमा उत्कृष्ट पुनरागमन गर्दै ताप्लेजुङको कर्णसिंह सोनाम फुटवल क्लव उदयपुरको चौदण्डीगढी नगरपालिकाको फुटवल टिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा ताप्लेजुंगले उदयपुरलाई ३–२ गोलअन्तरले पराजित गरेको सेमिफाइनलमा पुगेको हो । ताप्लेजुङको जीतमा अनुष्का शेर्पाले दुई तथा इन्द्रमाया गुरुङले एक गोल गरिन् ।

त्यस्तै उदयपुरको लागि मोनिका राई र मनिता तामाङ्गले एक÷एक गोल गरे । खेलको वुमन अफदी म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भइन् । उनले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् ।

२०७४ साल माघ ३ गते तत्कालिन शेरवहादुर देउवाको नेतृत्वमा रहेको सरकारले राष्टिय सहिद घोषणा गरेको दिन पारेर सहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले आयोजना सो प्रतियोगितामा प्रदेश नं. १ भरिका ८ टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्राविधिक सहयोग धनकुटा जिल्ला फुटवल संघले गरेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि र उपविजेताले नगद ५० हजार सहित ट्रफि पाउनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।