धनकुटाको चुलाचुलीमा जारि उपाध्यक्ष कप फुटवल : छात्र तर्फ सगरमाथा र छात्रा तर्फ महाकालिलाई उपाधी

धनकुटा खबर, ५ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा जारि माध्यमिक तह स्तरी उपाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी छात्र तर्फ सगरमाथा मावि र छात्रा तर्फ सेतो गुराँस विद्यालयले हात पारेको छ ।

आइतवार सम्पन्न छात्र तर्फको फाइनल खेलमा सगरमाथा माविले चुुलाचुली माविलाई ट्राईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधी जितेको हो । त्यस्तै आइतवारै सम्पन्न छात्रा तर्फको फाइनल खेलमा सेतेगुराँस लाई महाकालीमाविले ४–० गोलअन्तरले पराजित गर्दै उपाधी जित्न सफल भएको छ । छात्र–छात्रा तर्फको विजेता टोलीले नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

छात्रा तर्फको महाकाली माविका लिलामाया काफ्ले वेष्ट मिडफिल्डर, सीता लिम्बु वेष्ट स्टाइकर, अम्बिका खनाल वेष्ट डिफेन्स र सेतो गुराँस माविका पेमा शेर्पा वेष्ट गोलकिपर घोषित भइन् ।

त्यस्तै छात्र तर्फ सगरमाथाका प्रशान्त श्रेष्ठ वेष्ट मिडफिल्डर, तपन श्रेष्ठ वेष्ट डिफेन्स, चुलाचुली माविका निस्मल श्रेष्ठ वेष्ट स्टाइकर र निकेश सुन्दास वेष्ट गोलकिपर घोषित भए ।

प्रतियोगिताको विजेता र उपविजेता टिमका खेलाडीहरुलाई छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ लगायतकाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

छथरजोरपाटी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रायोजक छथरजोरपाटी गाउँपालिकाले गरेको थियो । समापन कार्यक्रमको अध्यक्षता छथरजोरपाटी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र लिम्बु र संचालन सचिव दिवस खड्काले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।