मोरङले हातपार्यो प्रदेश स्तरीय महिला फुटवलको उपाधी

धनकुटा खबर, ७ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधी मोरङ फुटवल संघको महिला टिमल जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलवार सम्पन्न फाइनल खेलमा धनकुटा फुटवल संघको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो ।

मोरङले उपाधी सँगै मोरङले नगद १ लाख सहित ट्रफि हात पार्यो । त्यस्तै उपविजेतामा चित्त वुझाएको धनकुटाले नगद ५० हजार र ट्रफिमा पाएको थियो । खेलको ४१ औं मिनेटमा ईमा राईले गरेको एक मात्र निर्णायक गोल नै मोरङको लागि जित सावित भयो । ईमाले पेनाल्टी मार्फत गोल गरेकी थिइन् ।

धनकुटाकी भूमिका राईले डिवक्स एरियाभित्र वल हातले छुएपछि रेफिले मोरङलाई पेनाल्टी दिएको थियो । मोरङ्की इमा राईले पेनाल्टी अवसरलाई सदुप्रयोग गर्दै गोल गर्न सफल भइन् । विधागत तर्फ मोरङकी कल्पना क्षेत्री उत्कृष्ट गोलकिपर, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बु डिफेन्डर घोषित भए ।

त्यस्तै धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी धनकुटाकी सुनिता तामाङ भए । प्रतियोगिताभरि २÷२ गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा मोरङकी सावित्रा मगर र इमा राई पुरस्कृत भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री सुनिलबहादुर थापा, १ नं. प्रदेश सांसद लिला सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖