राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी

धनकुटा खबर, माघ ८ । धनकुटाको चौविसेगाउँपालिका कुरुले तेनुपा माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि विद्यार्थी तयारी गर्ने क्रम आजवाट शूरु भएको छ । पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म प्रतिष्पर्धा हुने यो प्रतियोगिताको तयारीका लागि आज ट्रयाक तर्फको ५ ईभेन्टहरु भएका छन् । जसअनुसार छात्रा तर्फको १ सय मिटर दौडमा निकिता लिम्वु कक्षा १० प्रथम,सविना तामाङ कक्षा ११ द्धितीय र जुनु लिम्वु कक्षा १० तृतीय भएकाछन् ।

त्यस्तैगरी १ सय मिटर छात्र तर्फ विमल मगर कक्षा ११ पहिलो,सपन याख्खा कक्षा ८ दोश्रो र शैलेन्द्र तामाङ कक्षा १० तेश्रो भएकाछन् । २ सय मिटर दौड छात्रा तर्फ जेनिषा मगर कक्षा ८, विष्णु कुमारी मगर कक्षा ८ र निरुता लिम्वु कक्षा १० क्रमश प्रथम,द्धितीय र तृतीय भएकाछन् भने छात्र तर्फ सपन याख्खा कक्षा ८,विशाल परियार कक्षा १० र सञ्जिप याख्खा कक्षा १० क्रमश पहिलो,दोश्रो र तेश्रो भएकाछन् । ४ सय मिटर दौड छात्र तर्फ क्रमश संगीत मगर कक्षा १०, वविन याख्खा कक्षा ९ र सन्देश मगर कक्षा ११ पहिलो, दोश्रो र तेश्रो भएकाछन् । भने छात्रा तर्फ जेनिषा मगर कक्षा ८, नविना मगर कक्षा ८ क्रमश पहिलो र दोश्रो भएकाछन् ।

त्यस्तैगरी ८ सय मिटर दौड छात्रा तर्फ जेनिषा मगर कक्षा ८ पहिलो, अञ्जु मगर दोश्रो र देवी आचार्य तेश्रो भएकाछन् । छात्र तर्फ सन्दिप याख्खा कक्षा १० पहिलो, वावुराम तुम्सा कक्षा १० दोश्रो र वविन फागो कक्षा ९ तेश्रो भएकाछन् । प्रावि स्तरमा विद्यार्थीहरु वीच भएको वेलुन फुटाई खेलमा छात्रा तर्फ कक्षा ५ की मनिष तामाङ पहिलो, सरिता तामाङ दोश्रो र तनिषा तामाङ तेश्रो भएकाछन् । भने छात्र तर्फ कक्षा ४ का विशेष मगर, कक्षा ३ का निरोज तामाङ र कक्षा ३ कै मिस्ताहाङ फागो क्रमश पहिलो, दोश्रो र तेश्रो भएको विद्यालयले जनाएको छ ।

प्रतियोगिता अन्र्तगत भोलि ट्रयाक तर्फको ३ हजार मिटर को दौड सहित अन्य ईभेन्टका खेलहरु हुने विद्यालयका प्रधानाध्यपक वीर वहादुर वाजीले वताउनुभएको छ । प्रधानाध्यपक वाजीका अनुसार राष्ट्रपति शनिङ शिल्ड प्रतियोगितामा चौविसे गाउँपालिका कै प्रथम र धनकुटा जिल्लाको दोश्रो यस विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौड, सटफुट ,फुटवल, हाजम, लङजम सहितका १२ ईभेन्टका खेलहरुमा भाग लिदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।