धनकुटामा हाती पाईलेविरुद्धको ‘एमडीए’ अभियानको तयारी

धनकुटा खबर, माघ ८ । धनकुटा जिल्लामा हाती पाईले रोग वि’रुद्धको आम औषधी सेवन (एमडीए) ९ औ चरणको अभियानको तयारी स्वरुप आज छथरजोरपाटी गाउँपालिकामा स्थानिय तह स्तरिय योजना तथा वहु निकाय गोष्ठि सम्पन्न भएको छ ।

छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद अर्यालको अध्यक्षतामा सञ्चालित गोष्ठिमा यस पट हातीपाईले रोग विरुद्धको औषधि सेवन सम्वन्धि सकरात्मक सन्देश प्रवाह गर्दै सवैलाई यो औषधि खान उत्प्रेरित गर्नेवारेमा छलफल भएका छ ।

यसअघि यो रोग विरुद्धको औषधि सेवन को वारेमा नकरात्मक हल्लाको कारण सवैले सेवन नगरेको पाईएपछि पुन ९ औ चरणमा आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको हो ।

जसअनुसार आज छथरजोरपाटीमा सञ्चालित गोष्ठिमा यसको सकरात्मक प्रचार प्रसार तथा आम औषधि सेवन अभियानका लागि गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुको संयोजकत्वमा २० सदस्यीय समिति समेत गठन गरिएको स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङगोलले जानकारी दिनुभयो ।

गाउँपालिकाका पदाधिकारी, विषयगत शाखाका प्रतिनीधि,स्वास्थ्य चौकी प्रमुख,विभिन्न विद्यालयका प्रधानाध्यापक सहित अन्य महानुभावहरुको उपस्थितीमा सञ्चालित गोष्ठिको सहजीकरण स्वास्थ्य शाखा प्रमुख डङगोलले गर्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखाका उप-प्रमुख दिन प्रसाद दुलालले गर्नुभएको थियो । धनकुटामा यही माघ २५ गते देखी हाती पाईले रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖