धनकुटामा दादुरा रुवेला खोप अभियान सञ्चालन सम्बन्धी गोष्ठी

शर्मिला राई, माघ १०, धनकुटा खबर । दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धि नियमित खोप सुदृढीकरण तथा जिल्ला स्तरिय अभिमुखी एवम् योजना तर्जुमा गोष्ठि आज धनकुटामा सञ्चालन गरिएको छ ।

नौ महिना देखी ५ वर्ष मूनिका वालवालिकालाई दादुरा रुवेला खोप प्रदान गरी यसका रोगी र कन्जेनिटल रुवेला सिण्ड्रमको संख्यामा कमी ल्याई यसवाट हुने अपाङ्गता र मृत्यूलाई सून्य अवस्थामा पुर्याउने एवम् दादुरा रुवेला निवारण तर्फ उन्मुख हुने र लक्षका साथ स्वास्थ्य कार्यलय धनकुटाको आयोजनामा गोष्ठि सञ्चालन गरिएको हो ।

धनकुटाका स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको प्रमुख आतिथ्य तथा स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईको अध्यक्षतामा सञ्चालित गोष्ठिमा जिल्ला भित्र यो उमेर समूहका वालवालिकाहरु कति छन् ? भन्ने अध्ययन गर्ने, खोप प्रदानका लागि जिल्लामा कति स्थानमा खोप केन्द्र स्थापना गर्ने ? भन्र्ने लगायतको वियषमा छलफल भएको गोष्ठिमा सहभागी छथरजोरपाटी गाउँपालिका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

गोष्ठिमा जिल्लाको छथर जोरपाटी गाउँपालिका,महालक्ष्मी नगरपालिका,पाख्रीवास नगरपालिका र धनकुटा नगरपालिकाका स्वास्थ्यशाखा संयोजक एवम् सह-संयोजक, सम्वन्धित गाउँपालिका र नगरपालिकाका स्वास्थ्यचौकी प्रमुख र जिल्ला अस्पताल धनकुटाका विभिन्न फाँटका प्रमुखहरुको उपस्थिती थियो । गोष्ठिको सहजीकरण डा करिष्मा गुरुङ,पुजन विश्वकर्मा,तोर्ण वुढाथोकी र जनस्वास्थ्य अधिकृत आदित्य शाक्यले गरेका थिए ।

स्वागत मन्तव्य स्वास्थ्य कार्यलयका कोल्डचेन बेग वहादुर कटुवालले राख्नुभएको थियो भने सञ्चालन तालिम अधिकृत गोकुल भण्डारीले गर्नुभएको थियो । स्वास्थ्य कार्यलयको तथ्याङ्क अनुसार जिल्लामा यो उमेर समूहका १४ हजार ४ सय १९ वालवालिका रहेकाछन् । यही प्रकारको गोष्ठि माघ १३ र १४ गते धनकुटाको सागुरीगढी गाउँपालिका स्वास्थ्यचौकीमा हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।