धनकुटाको आँखा अस्पतालको सेवालाई पूर्वी नेपालकै नमुना बनाईने

धनकुटा खबर, माघ १० । नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा सञ्चालित डा राम प्रसाद पोखरेल आँखा अस्पतालको सेवालाई अझ स्तरीय बनाई पूर्वी नेपाल कै नमुनाको रुपमा सञ्चालन गर्ने एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् ।

आज धनकुटामा आयोजित अन्र्तक्रिया तथा छलफलमा सहभागीहरुले वक्ताहरुले त्यस्तो वताएका हुन्। छलफलमा पूर्व मन्त्री तथा संविधान सभा सदस्य सुनिल वहादुर थापाले आखा संवेदनशिल र अत्यन्तै महत्वपूर्ण अंगको रुपमा रहेकाले आखाको उपचारलाई पहिलो प्राथमिक्ता दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले डा राम प्रसाद पोखरेल आँखा अस्पतालबाट दिईने सेवालाई अझ प्रभकारी र स्तरीय बनाउनका लागि आफुले सहयोग गर्ने समेत वताउनु भयो ।

त्यस्तै नेपाल अर्वुद्ध रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र (इश्वर) श्रेष्ठले अस्पतालको सेवा विस्तारमा आ आफ्नो क्षेत्रबाट सवैले सहयोग गर्नु पर्नेदनुभयो । छलफलमा नेत्र ज्योती संघ धनकुटका अध्यक्ष रोशेष श्रेष्ठ,कोषाध्यक्ष परेन्द्रलाल श्रेष्ठ,डा राम प्रसाद पोखरेल आखा अस्पताल समितिका अध्यक्ष लिला मिश्र,नेपाल नेत्र ज्योती संघ धनकुटा शिविर व्यवस्थापन तथा प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राई,सदस्य रेणु श्रेष्ठ,पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले यस अस्पतालको सेवालाई अझ विस्तार र प्रभावकारी बनाउन सवैको सहयोग आवाश्यक रहेको वताएकाछन्।

संघका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलमा आँखाअस्पतालका नेत्र साहयक डोनराज गुरुङ्ग लगायत स्वास्थ्यकर्मीहरुले अस्पतालको प्राविधिक पक्ष वारे जानकारी गराएका थिए । भने अध्यक्ष श्रेष्ठले अहिले डा। राम प्रसाद आखा अस्पतालबाट भैरहेको सेवा र अव थप गर्ने सेवको वारेमा जानकारी गराउदै सवैलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

पूर्व मन्त्री तथा संविधान सभाका सदस्य थापाले आँखा अस्पतालले अहिले प्रदान गरिरहेको सेवाको वारेमा प्रत्यक्ष रुपमा अनुगमन तथा निरिक्षण गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।