बेलैमा स’र्तक रहनुस्, एक पटक हात्तीपाईले रो’ग लागिसकेपछि फेरी निको हुँदैन

शर्मिला राई , माघ १२, धनकुटा खबर । स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले ग’र्भवती महिला, सिकि’स्त विरामी र दुई वर्ष भन्दा कम उमेर समूहका वालवालिकाहरु वाहेक अरु सवैले हात्तीपाईले रोग वि’रुद्धको औषधि अनिवार्य सेवन गर्नुपर्ने वताउनुभएको छ ।

यही माग २५ गतेवाट धनकुटामा सञ्चालन गर्न लागिएको हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियानको तयारीका लागि जिल्लाको छथरजोरपाटी गाउँपालिका स्वास्थ्यशाखाद्धारा आज गाउँपालिकामा आयोजित हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान (एमडिए) सम्वन्धि स्वास्थ्यकर्मीहरुको तालिमको सहजीकरण गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

क्यूलेक्स जातको पोथी लामखुट्टेले हात्तीपाईले रोग संक्रमित मानिसलाई टोकेर पुन सोही लामखुट्टेले अर्को स्वस्थ्य मानिसलाई टोकेको खण्डमा त्यो स्वस्थ्य मानिसलाई पनि सर्ने यो रोग वाट वच्नका लागि हात्ती पाईले रोग विरुद्धको औषधि गर्भवती महिला,सिकिस्त विरामी र दुई वर्ष भन्दा कम उमेरका वालवालिका वाहेक अरु सवै मानिसले अनिवार्य सेवन गर्न जरुरी रहेको उहाँले वताउनुभयो ।

उहाँका अनुसार हात्तीपाईले रोग संक्रमित व्यक्तिलाई क्युलेक्स जातको पोथी लामखुट्टेले टोकेपछि सं’क्रमित मानिसको शरिरवाट उच्चेरेरिया बान्क्रोफ्टी नामक पारासाईड लामखुट्टेको शरिरमा सर्दछ र त्यहीं आफुलाई वृती विकास गर्नेगर्दछ ।

त्यसपछि अर्को स्वस्थ्य मानिसलाई त्यही लामखुट्टेले टोके स्वस्थ्य मानिसमा पनि हात्तीपाईले रोग सर्ने गर्दछ । त्यसैले लामखुट्टेले कुनै न कुनै समयमा मानिसलाई टोकेको हुन सक्ने भएकोले पनि सवै मानिसले यो रोग विरुद्धको औषधि सेवन गरे भविष्यमा यस रोगवाट हुन सक्ने नोक्सानवाट वच्न सकिने उहाँको भनाई छ ।

हात्तीपाईले रोग एक पटक लागिसकेपछि फेरी निको नहुने भएकोले रोग लाग्नु भन्दा अगाडी नै सर्तक रहनु फलदायी हुने उहाँले वताउनुभयो । स्वास्थ्य कार्यलय प्रमुख गुरागाईले अहिले सम्म हात्तीपाईले रोग विरुद्धको औषधिले मानिसमा कुनै पनि प्रकारको नकरात्मक प्रभाव परेको नपाईएको समेत जानकारी गराउनुभयो । वरु हात्तीपाईले रोगको सं’क्रमण भईसकेको मानिसले औषधि सेवन गरेपछि सामान्य रिङ्गटा चल्ने र वाक्वाकी लाग्ने लक्षण देखिने उहाँले स्पष्ट पार्नुभयो ।

तर संक्रमित मानिसलाई औषधि सेवन पछि त्यसरी रिङ्गटा चल्नु र वाक्वाकी लाग्नु हात्तीपाईले रोग विरुद्धको औषधिको असर नभई रोगको जीवाणु र औषधि वीचको सामान्य प्रतिक्रियाको कारण त्यस्तो भएको उहाँले प्रष्ट पार्नुभयो ।

धनकुटा जिल्लामा ८ औ चरण सम्म यस रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन गरिएपनि पोष्ट (एमडिए) सर्भिलेन्सको क्रममा केही स्थानका मानिसमा यो रोगको जिवाणु फेला परेपछि यसपाली ९ औ चरणको आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको हो ।

माग २५ गतेदेखी हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाउने अभियानका लागि जिल्लाभर २ सय ९१ जना स्वास्थ्यकर्मी र ३ सय ४२ जना स्वास्थ्य स्वयम्सेविका खट्ने तयारी भएको स्वास्थ्य कार्यलयले जनाएको छ । आजको तालिममा स्वागतमन्तव्य राख्दै छथरजोरपाटी गाउँपालिका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोलले सहजिकरण गर्नुभएको थियो ।

तालिममा गाउँपालिकाका विभिन्न स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुको उपस्थिती थियो । तालिमको सञ्चालन गाउँपालिकाका स्वास्थ्यशाखा सह–संयोजक दिन प्रसाद दुलालले गर्नुभएको थियो । बाँकी स्वास्थ्यकर्मीहरुको लागि भोलि पनि तालिम सञ्चालन गरिने स्वास्थ्यशाखा प्रमुख डङ्गोलले गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।