धनकुटाका १ लाख ६० हजार जनालाई हात्तीपाइलेको औषधी खुवाईने
धनकुटा खबर, माघ २० । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्त्र्तगत धनकुटा जिल्लामा माघ २५ गतेदेखि २८ गतेसम्म धनकुटाका १ लाख ६० हजार जनालाई हात्तीपाइले रोग निवारण अन्र्तगत आम औषधी सेवन गराईने भएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाले आज धनकुटामा पत्रकार अन्त्तरक्रिया कार्यक्रम आयोजना गरि यस्तो जानकारी दिएको हो । धनकुटामा माघ २५ देखि २८ सम्म हात्तीपाइले रोग निवारण अभियानको लागि नवौ चरणको आम औषधी सेवन अभियान सञ्चालन हुन गइरहेको स्वस्थ्य कार्यालय धनकुटाका निमत प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
प्रभावकारी औषधी सेवन कार्य गर्दा गदै पनि आठौ चरणको हात्तीपाइले रोग निवारण अभियानबाट समेत हात्तीपाइले रोग अझै देखा परेकोले नवौ चरणको आम औषधी सेवान अभियान सञ्चालन गर्न परेको बताउँदै यस बाट भने सफलता मिल्ने अपेक्षा गरेको गुरागाईले बताउनु भयो । कार्यक्रमा विभिन्न संचार माध्यममा आवद्ध पत्रकारको उपस्थिती रहेको थियो ।


